नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अब सत्ताको खेलमा नभएको प्रष्ट पारेका छन् ।
प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले माओवादी सरकारको चलखेलको प्रतिरोधमा रहने बताए ।
“म स्पष्टसँग भन्न चाहन्छु– प्रचण्ड अब सत्ताको खेलमा छैन । हामी आन्दोलनको पुनर्स्थापनामार्फत अर्कोपटक एक्लै सरकारको नेतृत्व गर्ने पक्षमा लागेका छौँ,” उनले भने, “तपाईंहरू मिलेर सरकार चलाउनुहोला । बीचमै ‘लौन प्रचण्डजी’ भन्न नआउनुहोला ।”
अध्यक्ष प्रचण्डले आफू खबरदारीका निम्ति मात्र रोस्ट्रममा उभिएको भन्दै उनले यसलाई कर्मकाण्ड नसोच्न चेतावनी दिए ।