वीरगञ्जबाट डेढ करोड मूल्यका सामानसहित दुईवटा ट्रक बरामद

Image
फाइल फोटो

वीरगञ्जमा एक करोड ३१ लाख १५ हजार ६९८ रुपैयाँ मूल्य पर्ने बिलबीजक नभएका औषधि तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघरबाट बिलबीजकभन्दा धेरै समान बोकेका दुईवटा ट्रकसहितको सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

उनले बिलबीजकभन्दा धेरै सामान बोकेका लत्ताकपडा र औषधि बोकेका ट्रकलाई आइतबार राति पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बताए ।

प्रदेश ७–०१–००१ ख ३०८८ र ना ३ ख ५१६५ नंको मालवाहक ट्रकबाट कपडा, औषधि र खुद्रा मालवस्तु लोड गरी चितवन तथा कैलालीतर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।