माओवादीको सशस्त्र युद्धलाई योगेश भट्टराईले हिंसात्मक द्वन्द्व भनेपछि सदनमा अवरोध

काठमाडौं । नेकपा माओवादीको सशस्त्र युद्धलाई एमाले सचिव तथा सांसद योगेश भट्टराईले १० वर्षे हिंसात्मक द्वन्द्व भनेपछि संसद् अवरुद्ध भएको छ ।

भट्टराईले माओवादीको १० वर्षे हिंसात्मक द्वन्द्व नभएको भए लोडसेडिङ अन्त्यका लागि ०७५ साल कुर्नु नपर्ने बताएका थिए । उनले सशस्त्र द्वन्द्वलाई ‘हिंसात्मक द्वन्द्व’ भनेकोे भन्दै उनको भनाई रेकर्डबाट हटाउन र उक्त शब्द फिर्ता लिन माग गरे ।
सापकोटाले त्यस्तो माग गर्दा सांसद भट्टराईले दोहोर्याएर भनेका थिए, “भने त्यो हिंसा नैहो र त्यो हाम्रो परिभाषा हो ।