चुनावपछि म देशको प्रधानमन्त्री बन्ने सम्भावना छ : प्रचण्ड
'विकास र समृद्धिको सपना बोकेर गोरखा आईपुँगे'
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा विकास र समृद्धिको सपना बोकेर आएको बताएका छन् । शुक्रबार गोरखामा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।
‘म यसअघि रोल्पा र काठमाडौंबाट लडेको हो। मेरो आवश्यकता र उद्धेश्य देशलाई शान्तितिर लैजानु थियो। सिरहामा मधेशको विश्वास जित्न गएको हो । तेस्रो चुनाव मैले गृहजिल्ला चितवनमा लडेँ। चितवनका जनताले प्रचण्ड रोल्पा, काठमाडौं र सिरहा गएको गुनासो गरे’ प्रचण्डले भने, ‘गोरखामा पनि विकास र समृद्धिको सपना बोकेर आएको हुँ ।’
प्रचण्डले गोरखामा आफ्नो जित संसारले देख्नुपर्ने बताए। ‘गोरखाको जित संसारले पनि देख्नुपर्छ । यहाँको निर्वाचनमा हामीले राम्रोसँग एक ढिक्का भएर मतदान गर्यौँ भने त्यसले शक्ति प्रदान गर्नेछ,’ उनले भने ।
प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री र आफू देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेको प्रचण्डको भनाइ छ ।