उदयपुरमा भारी वर्षा 

उदयपुरमा बिहीबार साँझ भारी वर्षा भएको छ । 

उदयपुरको चुरेमाई वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  थप वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ । 

सो जिल्ला भई बहने त्रियुगा नदी तथा यसका सहायक नदीहरूमा र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेले सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ ।