एकीकृत समाजवादीले तीन जनालाई बनायो वरिष्ठ नेता

नेकपा (एकीकृत समाजवादी) ले तीन जनालाई वरिष्ठ नेता मनोनीत गरेको छ । पार्टीले बिहीबार बेदुराम भुसाल, घनेन्द्र बस्नेत, प्रमेश हमाललाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।

महाधिवेशनअघिका उपाध्यक्ष भुसाल र हमाल पदाधिकारी निर्वाचनमा सहभागी भएका थिएनन् । बस्नेतले भने वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई समर्थन गर्दै उमेदवारी फिर्ता गरेका थिए । तीनै जना वरिष्ठ नेतालाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरीयतामा राखिएको हो ।

यसैगरी, बैठकले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा सबै पदाधिकारी रहेको उपनिर्वाचन परिचालन तथा व्यवस्थापन समिति गठन गरेको छ ।

बैठकबाट एकीकृत समाजवादीले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने धारणा बनाएको छ । त्यस्तै, वाम एकताको पक्षमा पनि रहेको जनाएको छ ।