पाँचथरको फालेलुङ ५ मा विस्फोटक पदार्थ पड्किँदा तीनजना बालबालिका घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय दिलिम साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा, अढाइ वर्षकी छोरी प्रिन्सा साँवा र स्थानीय ९ वर्षीय पवन राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दिँउसो साढे दुई बजे बालबालिका खेलिरहेका बेलामा ठूलो आवाजमा पड्किएको सुनेपछि भेला भएका स्थानीयले उनीहरुले घाइते अवस्थामा भेटेका थिए । घाइते मध्ये पवन राईको अवस्था सामान्य छ । खेलिरहेका बेला भेटेको फुटवल जस्तो देखिने वस्तु पड्केको घाइते राईले बताए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार घाइते तीनै जनालाई उपचारार्थ पाँचथर अस्पताल ल्याइदैछ भने घट्नाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट टोली परिचालन गरिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।