नेपाली सेनाले पाँचथर जिल्ला, फालेलुङ गाउँपालिका वडा नं. ५ डाडागाउँस्थित एक स्थानीयको घरमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पारेको छ ।
सो वस्तु ‘इम्प्रोभाइस्ड एक्प्लोसिभ डिभाइस (आईईडी) रहेको सेनाले जनाएको छ । उक्त डिष्पोज कार्यमा खटिएका नेपाली सेनाको बम डिष्पोजल टोलीले आजै फालेलुङ गाउँपालिका–५ प्राङबुङस्थित श्री कालिका माविमा अध्ययनरत विद्यार्थी तथा स्थानीयलाई आईईडी सम्बन्धी सचेतनामूलक कक्षा समेत सञ्चालन गरेको छ ।
हिजो एक घर नजिकै शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना बालबालिकाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका छन् ।
घटनास्थलमा थप एउटा शंकास्पद वस्तु फेला परेको भन्ने खबर प्राप्त भएपछि नेपाली सेनाको बम डिष्पोजल टोली परिचालन भएको थियो ।
घटनास्थल सदरमुकाम फिदिमबाट करिब ५० किलोमिटर उत्तरपूर्व तर्फ पर्दछ ।