रूख र बिजुलीको पोल ढलेर नारायणघाट–मुग्लिन सडक अवरूद्ध

रूख र बिजुलीको पोल ढल्दा नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ ।

आइतबार बिहान सवा ८ बजेतिर भरतपुर महानगरपालिका-१ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल ढल्दा सडक अवरूद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए ।