ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर एक महिलाले आत्महत्या गरेकी छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङले शनिबार अस्पतालको ए ब्लकको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी थिइन् ।
उनलाई सोही अस्पतालकै आइसियुमा राखेर उपचार गराइएकोमा आइतबार बिहान मृत्यु भएको चिकित्सकहरूलाई उद्धृत गर्दै जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।