रिलायबलको ७ औं वार्षीकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बिमा कारोबार सुरु गरेको सात वर्ष पूरा भएको छ । यस अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगन्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वास्थ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षरोपण र अरू शाखाबाट विद्यालयहरूलाई शैक्षिक सामग्री तथा वृद्धाश्रममा खाद्यसामग्री वितरण र सरसफाइ गरिएको कम्पनीले जनाएको छ ।

आउँदा दिनमा पनि कम्पनीका सेवालाई उच्च प्राथमिकतामा राखेर थप ग्राहकमैत्री भई उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कम्पनीका कर्मचारी तथा एड्भाइजर समेतको उल्लेख्य सहभागितमा केन्द्रीय कार्यालयमा बिमा जागरणसहितको प्रभातफेरी र शाखाहरूमा कार्यक्रमहरू गरी सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको कम्पनीले जनाएको छ ।