जुम्लामा चट्याङ लागेर ६० वटाभन्दा बढी भेडा मरेका छन् ।
गए राति दुई ठाउँमा चट्याङले ६० वटाभन्दा बढी भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदीलाल कमातीले जानकारी दिए ।
उनका अनुसार तातोपानी गाउँपालिका वडा नम्बर ४ लामाचौर पाटनमा १०/१२ वटा भेडा मरेको खबर प्राप्त भएको हो ।
त्यसैगरी पातारासी गाउँपालिका वडा नम्बर २ तनेपाटनमा पनि ५०/५२ वटा भेडा मरेको प्रहरीले जनाएको छ । यसबारे बुझ्न प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।
प्रहरी चौकीबाट घटनास्थल टाढा रहेको हुँदा प्रहरीको टोली अहिलेसम्म पुग्न नसकेको हो । प्रहरी टोली घटनास्थलमा पुगेपछि थप विवरण आउने डिएसपी कामतीले बताए ।
पाटनमा मोबाइल नेटवर्कले काम नगर्ने भएको हुँदा सम्पर्क गर्न समस्या भएको प्रहरीले जनाएको छ ।