नेपाल प्रहरीका एक जना डीआईजीसहित करिब ९० जना प्रहरी अधिकारीले एकसाथ अवकाश पाएका छन् ।
नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि अधिकांश अधिकृत १६ भदौ (आइतबार) बाट लागू हुने गरी अवकाशमा गएका हुन् ।
बागमती प्रदेशका प्रमुख डीआईजी विष्णु केसीसहित ११ जना एसएसपीहरु दिनेशराज मैनाली, दिल्लीराज विष्ट, रेवती ढकाल, बेलबहादुर पाण्डे, रवि पौडेल, जीवनकुमार श्रेष्ठले अवकाश पाएका हुन् ।
त्यस्तै किसन सिंह थापा, नविन राई, रवीन्द्र रेग्मी, विरबहादुर वली र चन्द्रदेव राईले पनि अवकाश पाएका छन् । त्यस्तै एसपीहरुमा कृष्ण प्रसाईं अवदेश विष्ट, हिराबहादुर पाण्डेले अवकाश पाएका छन् ।
उनीहरुबाहेक डीएसपी र प्रहरी निरीक्षकहरुले पनि एकैसाथ अवकाश पाएका हुन् ।
अवकाश पाउनुअघि ३० वर्षे सेवाका कारण आफूहरु अवकाश पाउन नहुने भन्दै एसएसपी जीवन कुमार श्रेष्ठको नेतृत्वमा सर्वोच्च समेत पुगेका थिए । सर्वोच्चका न्यायाधीस हरि फुयालको इजालले भदौ ६ मा उनीहरुको अवकाश रोक्न अन्तरिम आदेश दिएको थियो ।
तर, शुक्रबार न्यायधीस विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले अन्तरिक आदेश खारेज गरेसँगै उनीहरुको अवकाश पाएका हुन् ।