भोट हाल्न भारतबाट फर्किँदै गर्दा बाटैमा मृत्यु

धनगढी – डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको जोरायल गाउँपालिका ३ तोडेगडाका अन्दाजी ६० वर्षीय हिरालाल ओली शनिबार बिहान मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भोला भट्टका अनुसार उनी जोरायल गाउँपालिका ३ चन्कट्टे नजिकैको बाटोमा मृत भेटिएका हुन्। भारतको सिमलामा काम गर्दै आएका उनी संसदीय निर्वाचनमा मतदान गर्न घर फर्किरहेका थिए।

उनको साथमा झोलासहितको प्लास्टिकको बोरा र नजिकै मदिराको बोतल पनि भेटिएको छ। अत्यधिक मदिरा सेवनका कारण राति नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार