पाँच दिन हिँडेर तिङ्कर-छाङरुवासीले गरे मतदान

'सदरमुकाम आउनसमेत भारतीय भूमिको बाटो प्रयोग गर्नु पर्ने बाध्यता'

४ मंसिर, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-१ का मतदाताले जिल्ला सदरमुकाम खलङ्गामा आएर मतदान गरेका छन् ।

छाङरु र तिङ्कर क्षेत्रमा बसोबास गर्ने मतदाताहरूले खलङ्गास्थित मोती महिला संघको केन्द्रबाट मतदान गरेका छन् । तिङ्करमा २३५ जना मतदाता छन् । उनीहरू कात्तिक २९/३० गते नै सदरमुकाम आइपुगेका थिए ।

उनीहरूले मतदान गरेको खलंगाको मतदान केन्द्र गाउँबाट २८ कोषको दूरीमा छन् । मतदानकै लागि उनीहरू पाँच दिन हिँडेर खलंगा आएका हुन् ।

तिङ्कर र छाङरुबाट सिधै सदरमुकाम आउने बाटो छैन ।उनीहरुलाई सदरमुकाम आउनसमेत भारतीय भूमिको बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ ।

सम्बन्धित समाचार