राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक कार्यक्रममा सहभागी हुन पोखरा जाने तयारी भएपछि सहकारी पीडित आन्दोलनमा उत्रिएका छन् ।
पोखरामा हुने गण्डकी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न लामिछाने पोखरा जाँदैछन् । उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । उनीहरुले सहकारी ठगी गरेको भन्दै लामिछानेविरुद्ध नाराबाजी गरिरहेका छन् ।
पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रम राखिएको छ । सोही ब्याक्वेटबाहिर सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सो क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
उनीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण’, प्रहरी प्रशासनको दुरुपयोग बन्द गरजस्ता नारा लगाएका छन् ।