देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै, यी दुई एजेन्डामा छलफल हुने

Image

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ ।

बुधबार बिहान साढे ८ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागको हो ।

आजको बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि लागेको सहकारीको बचत अपचलन सम्बन्धि विषयमा छलफल हुने सम्भावना छ । गुरुङमाथि संसदीय छानविन समिति र प्रतिनिधिसभामा सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ ।

त्यसैगरी उपसभामुख इन्दिरा रानालाई उपसभामुखबाट हटाउने विषयमा पनि बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् । उपसभामुख रानालाई पदबाट हटाउने विषयमा कांग्रेस एमालेले सहमति गरिसकेका छन् ।

उपसभापति धनराज गुरुङको नाम पनि सहकारी ठगीमा मुछिएपछि नेपाली कांग्रेस अप्ठेरोमा परेको छ ।

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङ सगोलमा रहँदा उनीहरूले १४ करोड ८१ लाख रूपियाँ अपचलन गरेको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समिति समक्ष बयान दिएका छन् ।