काठमाडौंको तीनकुनेमा खुल्यो लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलका लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

नेपाली अटो क्षेत्रमा लामो समयदेखि सेवा दिँदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले काठमाडौंको तीनकुनेमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज ब्रान्ड केईको सर्भिस हुने जनाएको छ । केईको शो रुम नक्सालस्थित भाटभटेनीमा सञ्चालनमा छ । बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीका लागि छुट्टै सर्भिस सेन्टर शुरू गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्री चेकजाँच गर्ने उपकरणसमेत राखिएको छ ।

हाइ भोल्टेज ब्याट्री बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टरलगायतका अत्याधुनिक र विश्वस्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुने कम्पनीले जनाएको छ । सेन्टरमा सबै प्राविधिक ईभी सर्टिफाइड छन् ।

​सर्भिस सेन्टरमा ईभी चार्जिङ पोइन्ट, यथेष्ट पार्किङ सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिन्छ ।

Share