नयाँ लोकदोहोरी गीत ‘खैलाबैला’ सार्वजनिक (भिडियाे)

काठमाडौँ – नयाँ नेपाली लोकदोहोरी गीत ‘खैलाबैला’ सार्वजनिक भएको छ । लक्ष्मी खड्का, अनुप खनाल र सुनिल कुँवरको स्वरमा रहेको ‘खैलाबैला’ बुधबार सार्वजनिक भएको हो ।

उक्त गीतमा अनुप खनालको शब्द रहेको छ, भने राजन बस्नेतको लय रहेको छ । त्यस्तै बिना विश्वकर्मा, सुस्मीता खत्री, सुनिल कुँवर, सुमन पन्थी र सुमन रानाले अभिनय गरेका छन् । नेपाली मौलिक सांस्कृतिको संरक्षण गर्ने उदेश्यले गीत तयार गरेको कलाकारहरुले बताएका छन् ।

सम्बन्धित समाचार