तनहुँमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पोखरातर्फ जाँदै गरेको ग१ख ९४०२ नम्बरको बस आँबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो ।
तनहुँका डीएसपी दीपककुमार रायका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेको खोल्सामा खसेको छ ।
१५ जना सवार उक्त गाडीमा अहिलेसम्म ११ जना घाइते भएको विवरण प्राप्त भएको उनले बताए । घाइते मध्ये ९ जना सामान्य छन् भने २ जनाको अवस्था मध्यम रहेको छ ।
उद्धारको क्रम जारी नै रहेको विस्तृत विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।















