काठमाडौँ – विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सका फ्यान आक्रोशित भएका छन्। फ्रान्सका समर्थकले सवारीसाधन तोडफोड र आगजनी गरेका छन्। पेरिसमा मात्र होइन हिंसा अन्य शहरमा पनि फैलिएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास छोड्नुपरेको थियो। पेरिसमा हजारौँ प्रहरी तैनाथ गरिएको छ। लियोन, निसमा पनि हिंसात्मक घटना भएको प्रहरीले जनाएको छ। पेरिसको चर्चित च्याम्प्स एलिसिजमा पनि फ्यान आपसमा भिडेका थिए।