करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

काठमाडौँ – फ्रान्सका स्टार खेलाडी करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । सोमबार बेन्जेमाले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएका हुन् ।

३५ वर्षीय बेन्जेमाले चोटकै कारण विश्वकप फुटबल गुमाएका थिए । विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित भएसँगै फ्रान्सले तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्न सकेन ।

बेन्जेमाले फ्रान्सबाट ९७ खेल खेल्दै ३७ गोल गरेका छन् । बेन्जेमाले २००७ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

सम्बन्धित समाचार