नवनियुक्त तीन उपप्रधानमन्त्री र १० मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

सात मन्त्रालय प्रधानमन्त्री ओलीसँगै

जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षबाट १० सहित १२ जना नयाँ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले सपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाका १० सहित एमालेका नयाँ २ जनालाई मन्त्रिमण्डलमा समावेश गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । पुनर्गठित मन्त्रिपरिषद प्रधानमन्त्रीसहित १७ सदस्यीय भएको छ ।

प्रधानमन्त्री ओलीले ७ वटा मन्त्रालय भने आफैँसँग राखेका छन् । प्रधानमन्त्रीले रक्षा, गृह, वन तथा वातावरण, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा केही दिनमा नयाँ मन्त्री सिफारिस गर्नेछन् ।

यस्तो छ नयाँ बनेको मन्त्रिपरिषद् :

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार