पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले वृद्धि गरेको छ ।

मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ २ गते पनि निगमले इन्धनको मूल्य वृद्धि गरेको थियो ।

निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि पन्ध्र दिनमा १ अर्ब १० करोड घाटा रहेको जनाएको छ ।निषेधाज्ञाको समयको पन्ध्र दिनको हिसाब गर्दा ७१ करोड घाटा हुने देखिएको बताएको छ । र अन्य साधारण दिनमा ९३ करोड घाटा रहेको जनाएको छ ।

मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्यासमा २५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार