नेपाल टी–२० लिग : उपाधि जित्न विराटनगरलाई लुम्बिनीको १३४ रनको चुनौती

काठमाडौं । नेपाल टी–२० लिगको उपाधि जित्न लुम्बिनी अलस्टार्सले विराटनगर सुपर किङ्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी विकेट गुमाउँदै चार बल बाँकी रहँदा अलआउट हुँदै १ सय ३३ रनको योगफल तयार पारेको छ ।

लुम्बिनीका लाहिरु मिलान्थाले सर्वाधिक ४१ रनको योगदान गरे । उनले २८ बलमा समान तीन चौका र तीन छक्का प्रहार गरे । मिलान्थाले रोहित पौडेलको बलमा क्याचआउट हुनु अघि पहिलो विकेटका लागि हर्मीतसिंहसँग ६४ रनको साझेदारी गरेका थिए । हर्मीतसिंह १८ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३० रन बनाएर क्याचआउट भए ।

कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा आउट हुँदा लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका नन्दन यादव र राज नननले समान दुई विकेट लिँदा सूर्य तामाङले ४ ओभरमा ८ रन खर्चिएर एक विकेट लिए । कियोन जोसेफ र कप्तान रोहित पौडेलले समान एक विकेट लिए ।

सम्बन्धित समाचार