फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) युइएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ ।
घरेलु मैदानमा पिएसजी १–० गोल अन्तरले स्तब्ध भएको हो । बायर्नको जितमा पिएसजीकै पूर्व खेलाडी किङ्सले कोमानले निर्णायक गोल गरे ।
फ्रान्सेली लिग वान च्याम्पियनमा पीएसजीको सबै खाले प्रतियोगितामा गरेर यो लगातार तेस्रो हार हो ।