यू-१९ विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौँ । नेपालले यूएईमा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

नेपालले दिएको २६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले ५० ओभरमा ७ विकेटको गुमाउँदै १६५ रन बनायो ।सिंगापुरका लागि आर्यन मोदीले ५८ रनको अर्धशतकिय पारी खेले । त्यस्तै सिद्धान्त श्रीकान्तले ४४ रन बनाए ।बलिङतर्फ नेपालका हेमन्त धामी र सुवास भण्डारीले २-२ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको थियो ।नेपालका लागि आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतकीय पारी खेले ।

आकाशले ७८ रनको अर्धशतकिय पारी खेल्दा विशालले ५४ ६३ रनको योगदान गरे । त्यस्तै कप्तान देव खनाल २१ रन जोड्दा दीपक बोहरा ‘बी’ ले १७ रन बनाए ।

छनोट प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले अब फागुन १३ गते कुवेतविरुद्ध खेल्नेछ भने फागुन १५ गते हङकङसँग खेल्नेछ।

सम्बन्धित समाचार