यूएइविरुद्ध पीएनजीको फराकिलो जित, नेपाललाई फाइदा

काठमाडौँ – आइसिसी एकदिवशीय विश्वकप लिग–२ अन्तरगत युएईमा जारी त्रिकोणात्मक सिरिजमा घरेलु टोलीमाथि पपुवा न्युगिनीले १ सय ३१ रनको सानदार जित हात पारेको छ ।

पीएनजीले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको यूएई ३४ ओभर २ बलमा १ सय ३१ रन बनाउँदा अलआउट भयो । यूएईका लागि मुहम्मद वसीले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ पीएनजीका चाद सोपरले ५ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पीएनजी ४९ ओभर १ बलमा २ सय ६२ रन बनाउँदा अलआउट भयो । पीएनजीका लागि सेसे बाउले ७४ र टोनी उराले ५१ रन बनाए । बलिङतर्फ यूएईका कार्तिक मय्प्पनले ४ र आर्यन लाक्राले ३ विकेट लिए ।

यो जितसँगै पीएनजी ३० खेलमा ७ अङ्कसहित तालिकको पुछारमा छ । यूएई २९ खेलमा २९ अङ्कसहित पाँचौँ स्थानमा छ ।

सम्बन्धित समाचार