युरोकपमा इटलीको शानदार सुरुआत

उपाधि दावेदार इटालीले युरोकप फुटबलमा शानदार सुरुवात गरेको छ । रोमस्थित ओलम्पिक रंगशालामा घरेलु टोलीले टर्कीलाई ३–० ले हराएको हो । खेलमा उत्कृष्ट सुरुआतका बाबजुद गोल गर्न भने इटलीले दोस्रो हाफसम्म कुर्नुपरेको थियो ।

इटालीको जितमा सिरो इमोबिल र लोरेन्जो इन्सीग्नेले एक एक गोल गरे । थप एक गोल टर्कीका मेरिह डिमाइरलबाट आत्माघाति स्वरुप भएको थियो । जितसँगै इटालीले आफ्नो अपराजित यात्रालाई २८ खेलसम्म लम्ब्याएको छ ।

सन् २०१८ को विश्वकपमा छनौट हुन नसकेपछि रोबर्टो म्यान्सीनीले प्रशिक्षण समालेयता इटालीले सुधारिएको प्रदर्शन गरिरहेको छ ।

युरोकप फुटबलमा आज तिन खेल हुनेछन् । समूह ‘ए’ को खेलमा वेल्सले स्विट्जरल्याण्डसँग खेल्दा समुह ‘बि’ का खेलहरुमा बेल्जियम र रुस तथा डेनमार्क र फिनल्याण्ड भिड्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार