काठमाडौँ – विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध दोस्रा सफलता हात पारेको छ । यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई सन्दीप लामिछानेले दोस्रो सफलता दिलाएका हुन् ।
युएईका लागि ३८ बलमा १ चौकासहित १८ रन बनाएर खेलिरहेका वृत्य अर्विन्दलाई लामिछानेले कुशल भुर्तेलको हातबाट क्याच आउट गरेका हुन्।
यसअघि पहिलो ओभरमै करण केसीले सफलता दिलाएका थिए।केसीले मोहम्मद वासिमलाई शुन्य रनमा बोल्ड गरे। पहिलो ओभरमा करणले मेडन ओभर फाल्दै १ विकेट लिएका थिए।