लिग–२ : यूएईसँग नेपाल ६८ रनले पराजित

काठमाण्डौ – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ ।

यूएईले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपाल ३१ ओभर ५ बलमा १ सय ३९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कुशल मल्लले ६० रन र सन्दीप लामिछानेले नटआउट २६ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ यूएईका रोहन मुस्तफा र कार्तिक मय्यपनले ३र३ विकेट लिए ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७ रन बनायो । यूएईका लागि आसिफ खानले ७२ र रोहन मुस्तफाले ५२ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । सन्दीपले १० ओभरमा २७ रन दिँदै ३ विकेट लिएका हुन् । यस्तै करण केसी, आरिफ शेख र कुशल मल्लले १र१ विकेट लिए ।

सम्बन्धित समाचार