वर्ष उत्कृष्ट प्रशिक्षक बने अब्दुल्लाह अलमुताइरी

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरी वर्षकै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गरेको बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत अल्मुताइरी उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन्।

मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित समारोहमा अल्मुताइरीले उक्त अवार्ड ग्रहण गरे। अलमुताइरीको प्रशिक्षणमा नेपाली फुटबल टोलीले आफ्नो प्रदर्शनलाई राम्रो सुधार गरेको थियो।

उनको कमानमा नेपाल पहिलो पटक एएफसी एसियन कप २०२३ प्रतियोगित छनोटअन्तर्गत तेस्रो चरणसम्म पुगेको थियो। त्यसैगरी उनकै नेतृत्वमा गत वर्ष माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपालले फाइनल यात्रा तय गरेको थियो। तर नेपाल उपाधि जित्न भने चुकेको थियो।

सम्बन्धित समाचार