भलिबलकी अरुणा बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी

काठमाडौं – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही वर्षको उत्कृष्ट खेलाडी बनेकी छिन् । गत वर्ष उनले गरेको प्रदर्शनका आधारमा नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरेको हो ।

यो विधामा शाहीसँगै क्रिकेटकी रुबिना क्षेत्री र सीता रानामगर, बक्सिङकी पुनम रावल र एथलेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका थिए ।

उनीहरूलाई उछिन्दै अरुणाले अवार्ड हात पारेकी हुन्। उनकै कप्तानीमा रहेको नेपाली टोलीले बंगलादेशमा भएको एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीपको उपाधि जितेको थियो।

उनकै कप्तानीमा नेपालले समूह चरणका ५ खेल र फाइनलमा उज्वेकिस्तानलाई हराएर अपराजित यात्रासहित उपाधि उचालेको थियो ।

सम्बन्धित समाचार