काठमाडौं । राष्ट्रपति निर्वाचनमा भोट हालेर फर्किँदै गर्दा सांसद गोविन्द न्यौपाने संसद् भवन अगाडी लडेका छन् । उनको टाउकोमा चोट लागेको छ ।मधेस प्रदेशका सांसद न्यौपाने भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा लडेका हुन्।
सांसद न्यौपाने नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेता पनि हुन्। राष्ट्रपतिमा नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेको सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्।