आईसीसी लिग २ : यूएईसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाब

आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय  सिरिजअन्तर्गत नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ। कीर्तिपुरस्थित  त्रिवि  क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९  बजेदेखि सुरु हुनेछ ।

घरेलु टोली नेपाल सिरिजको अन्तिम खेलमा  यूएईलाई पराजित गर्दै जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउन चाहन्छ।नेपाल युएईसँग पराजित भए वा अंक बाँड्नुपर्ने अवस्था आएमा नेपालको सोझै विश्वकप  खेल्ने सपना अधुरो रहनेछ ।

यस्तोमा नामिबिया शीर्ष ३ मा रहँदै  विश्वकप छनोटमा स्थान बनाउने छ । नेपालले भने यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ ।

यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो । नेपाल पुन: युएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा उत्रदैछ ।

गएको खेलमा घरेलु मैदानमा हाबी बनेको नेपालले युएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारेका थिए भने सन्दीप लामिछानेले २ विकेट लिन सफल भएका थिए । सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट लिएर युएईलाई अलआउट गरेको थियो । घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ ।

लिग २ मा दोस्रो पटक युएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिन पछि नेपाल आज पुन: युएईसँग भिडन लागेको हो ।

सम्बन्धित समाचार