वायु प्रदूषण र यसबाट पर्ने असरबाट कसरी बच्ने ?

काठमाडौँ –  उपत्यकाको वायु ‘अति अस्वस्थकर’ बनेको छ । वायु प्रदूषण सूचकांक (एक्यूआई)का अनुुसार सोमबार काठमाडौँका विभिन्न स्थानको वायुमा प्रदूूषणको मात्रा १५० यूएस एक्यूआईभन्दा बढी देखिएको छ ।

आईक्यू एयरका अनुसार सोमबार बिहान ११ः४५ बजे काठमाडौँको महाराजगन्जस्थित अमेरिकी राजदूतावासअगाडिको मापनयन्त्रले देखाएको वायु प्रदूषणको मात्रा २२५ यूएस एक्यूआई छ । यो मात्रालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अति अस्वस्थकरको मान्छ ।

यस्तै, रत्नपार्ककोे १५७, भक्तपुरको १८९, कीर्तिपुरको वायु प्रदूषणको मात्रा १५३ यूएस एक्यूआई देखिएको छ । गएको शुक्रबारयता उपत्यकामा प्रदूूषण्को मात्रा निरन्तर बढ्दै गएको सूचकले देखाएको छ ।

गर्भको बच्चामा गम्भीर असर

हालै अनलाइनखबरले प्रकाशित एउटा लेखमा उल्लेख छ, प्रदूषित वायुको प्रभाव गर्भको बच्चाले समेत झेलिरहेका छन् । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा। वालकृष्ण शाहले लेखेको उक्त लेखको सार हो, ‘बढ्दो वायु प्रदुषणको असर गर्भमा रहेको बच्चालाई समेत परिरहेको छ । यसको नतिजा के छ भने, गर्भको बच्चामा वौद्धिक तथा शारीरिक अपाङ्गता हुने खतरा छ ।’

प्रदूषित वायुबाट बच्नका लागि हामीले माक्स लगाइरहेका छौं । नाख र मुख ढम्म माक्सले ढाकेपछि फोक्सोमा हानिकारक वायु पुग्दैन भन्ने हामीलाई लाग्छ । तर, अनलाइनखबरले नै केही समय एक आलेख प्रकासित गरेको थियो, जसमा माक्सले जति प्रदूषित वायुलाई फोक्सोसम्म पुग्नबाट रोक्छ, उत्तिनै शुद्ध अक्सिजन पनि ।

अक्सिजन नाक र मुकबाट नै शरीरमा पुग्ने हो । जबकी मुख र नाक माक्सले ढाकेपछि निश्चय पनि अक्सिजनको प्रवाहमा असर पुग्छ । भलैं, प्रदूषित वायु लिनुभन्दा त्यो बढी सुरक्षित भएपनि ।

विश्वकै वायुमण्डल विषाक्त

त्यसो त विश्वकै वायुमण्डल विषाक्त एवं प्रदूषित हुँदै गएको छ । मानविय गतिविधिको कारण वायुमण्डलमा हानिकारक कणहरु जम्मा भएको छ । धुलो, धुँवाले वायुलाई अशुद्ध मात्र होइन, विषाक्त बनाइरहेको छ । त्यसैले त यस्तो वायुमण्डलमा बस्नेहरु फोक्सो एवं स्वासप्रश्वाससम्बन्धी रोगका शिकार बन्दैछ ।

काठमाडौंवासीमा अहिले नाक, कान, घाँटीको समस्या बढ्दो मात्रामा रहेको विभिन्न तथ्यांकले देखाइसकेको छ । चिकित्सकहरुले पनि अहिले यस सम्बन्धी समस्या लिएर आउनेहरु बढेको र त्यसको कारण प्रदूषित वायु भएको जिकिर गरिरहेका छन् । प्रदूषित वायुले शहरियालाई दमको रोगी बनाउँदैछ । फोक्सो, एवं स्वासप्रश्वासको समस्या निम्त्याइरहेको छ । नाक, कान, घाँटीको क्यान्सरको जोखिम बढाएको छ ।

वायु शुद्धिकरण गर्ने दीर्घकालिन उपाय

वायुमण्डलको प्रदूषणले हामीलाई रोगी र जीर्ण बनाइरहेको छ । यसबाट तत्काल उन्मुक्ति लिन संभव छैन । किनभने वायु प्रदूषण न्युनिकरण गर्न सामूहिक र निरन्तरताको प्रयासबाट मात्र संभव छ । यद्यपी हामीले आफ्नोतर्फबाट प्रयास भने जारी राख्नुपर्छ । वायुलाई प्रदूषित बनाउने कामलाई निरुत्साहित गर्नुपर्छ ।

शहरी क्षेत्रमा रुख बिरुवा रोप्ने वा प्रदूषण फैलाउने सामाग्रीहरुको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने हुन्छ । यस्तो कामका लागि अभियान नै चलाउन सके त्यो बढी प्रभावकारी हुनसक्छ ।

यी त भए दीर्घकालिन समाधान । अब तत्कालको लागि चाहि यसबाट कसरी बच्ने त ?

विषाक्त वायुबाट बच्ने केही उपाय छन् । शरीरमा अशुद्ध वायुको प्रभाव कम गर्नका लागि केही विधी तथा खानपान उपयोगी हुन्छ ।

शरीरमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह गराउने प्राणायाम विधी प्रचलनमा छ । यो निकै प्रभावकारी र उपयोगी विधी हो । अनुलोम विलोम लगायतका प्राणायाम विधीबाट शरीरमा अपुग अक्सिजनको मात्रा आपूर्ति गराउन सकिन्छ ।

त्यसबाहेक यस्ता खानेकुरा छन्, जसले शरीरमा जम्मा भएको विकार हटाइदिन्छ ।

गोलभेंडा

गोलभेंडामा लाइकोपीन हुन्छ । लाइकोपीनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ । यसले श्वासतन्त्रको चारैतिर एक सुरक्षा तह (लेयर० बनाइदिन्छ । यसले धूलोका कण श्वसतन्त्रबाट भित्र पस्न दिदैन ।

अमला

शोधमा सावित भएको छ कि, अमला स्वास्थ्यका लागि वरदान हो । अमलाको सेवनले शरीरबाट ति सबै विकार बाहिर निकाल्छ, जो प्रदूषित धुलोको कारण पैदा भएको हुन्छ । कलेजोलाई यस्तो प्रभावबाट बचाउँछ ।

बेसार

बेसारमा एकदमै धेरै एन्टिअक्सिडेन्ट हुन्छ । यसले फोक्सोमा जमा हुने हानिकारक धुलोको प्रभाव कम गराउँछ । यसले कलेजोको पनि शुद्धिकरण गर्छ । बेसार र घिउ मिश्रण गरेर सेवन गर्दा निकै प्रभावकारी हुन्छ ।

तुलसी

तुलसीको पत्ताको सेवनले फोक्सोमा प्रदूषित वायुबाट रोक्छ । त्यसो त तुलसीको बोटले पनि वायु शुद्धिकरणमा उल्लेख्य भूमिका खेल्छ ।

गुड (सख्खर)

श्वासप्रश्वाससँग जोडिएको सबै समस्यामा सख्खर फाइदाजनक हुन्छ । अस्थमा र ब्रोंकाइटिसमा गुडको सेवन प्रभावकारी मानिन्छ ।

ग्रीन टी

एन्टिअक्सिडेन्टको सवैभन्दा राम्रो स्रोत हो, ग्रीन टी । नियमित रुपले ग्रीन टी सेवन गर्दा प्रदूषित वायुको असर कम हुन्छ । किनभने यसले शरीरबाट दुषित तत्व वाहिर निकाल्छ । दिनमा दुई कप ग्रीन टी सेवन गर्दा श्वसतन्त्र एकदमै सफा हुन्छ ।

सम्बन्धित समाचार