काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका छन् ।
अफगानिस्तानका प्रख्यात बलर रासिद खानलाई पछि पार्दै उनले १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । रासिदले ४४ ओडीआईमा १०० विकेट लिएर सन् २०१८ मा विश्व कीर्तिमान बनाएका थिए । त्यसलाई तोडेर सन्दीपले ४२ ओडीआइमा सय विकेट लिएका छन् ।
नेपाल र ओमान दुवै ओडीआई राष्ट्र भएकाले आजको खेल एकदिवसीय मान्यता प्राप्त छ । नेपालले यसअघि मलेसियाविरुद्ध खेलेको म्याचमा सन्दीपले ३ विकेट लिए पनि त्यसको त्यो एक दिवसीय खेलको मान्यता प्राप्त नभएकाले त्यसको गणना भएन ।