रुस–युक्रेन युद्धमा चीनको चासो, जेलेन्स्कीसँग राष्ट्रपति सीको टेलिफोन वार्ता

'रुस–युक्रेन युद्ध रोक्न भरपर्दो मध्यस्थकर्ता आवश्यक'

काठमाडौँ – इरान र साउदी अरेबियालाई मिलाएर मध्यपूर्वलाई शान्तितर्फ डोर्‍याइरहेको चीनले रसिया–युक्रेन युद्धमा पनि चासो देखाएको छ।   गत चैत पहिलो साता रसियाको भ्रमण गरेका चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई फोन गरेका छन्।

रुस–युक्रेन युद्ध रोक्ने भरपर्दो मध्यस्थकर्ताको खोजी भइरहेका बेला राष्ट्रपति सीले बुधबार दिउँसो जेलेन्सीकसँग फोन संवाद गरेको चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग फोन वार्ता गर्नु भएको छ’ ग्लोबल टाइम्सले भनेको छ।

‘मैले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लामो र अर्थपूर्ण फोनवार्ता गरेँ। मलाई विश्वास छ, यो वार्ता र सँगसँगै चीनका लागि युक्रेनी राजदूतको नियुक्तिले हाम्रो द्विपक्षीय सम्बन्धको विकासमा शक्तिशाली उर्जा दिनेछ,’ जेलेन्स्कीले भनेका छन्।

गतमहिना रुस भ्रमणमा गएकै बेला सीले उनीसँग फोनमा कुरा गर्ने चर्चा थियो। तर, त्यसबेला उनीहरुबीच कुरा हुन सकेकाे थिएन् ।दुई देशका राष्ट्रपतिबीच भएको कुराकानीको विस्तृत विवरण दुवै पक्षले सार्वजनिक गरिसकेका छैनन्।

सम्बन्धित समाचार