काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ ।
खेल रोकिनुअघि यूएईले २७ ओभर ३ बलमा ९ विकेटको क्षतिमा १०६ रन बनाएको छ । नेपालका लागि ललित राजवंशीले तीन विकेट, करन केसी र सन्दीप लामिछानेले दुई –दुई र सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिएका छन् ।
टस जितेर नेपालले चिरपरिचित प्रतिस्पर्धी यूएईविरुद्ध पहिले बलिङ सुरु गरेको हो । प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकोले यो खेल दुवै टिमका लागि महत्वपूर्ण छ ।