एजेन्सी – भारतमा ‘मोका’ नामको शक्तिशाली चक्रवात आउने चेतावनी जारी गरिएको छ।
भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा बनेको चक्रवात निकै भीषण आँधीमा परिणत हुने र हावाको गति प्रतिघण्टा १३० किलोमिटरसम्म पुग्न सक्ने देखिएको छ।
सोमबार दक्षिणपूर्वी बंगालको खाडी र नजिकैको दक्षिण अण्डमान सागरमा न्यून चापीय क्षेत्र बनेको छ। चक्रवात यही मे १२ (वैशाख २९) मा बंगलादेश र म्यानमारको तटतर्फ अघि बढ्ने अनुमान गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगालमा मोका चक्रवातको प्रभाव यो आँधी तटीय क्षेत्रबाट बंगलादेशतर्फ कति टाढा पुग्छ भन्नेमा निर्भर गर्दछ।
भारतीय मौसम विभागले पश्चिम बंगाल, ओडिसा र आन्ध्र प्रदेशका लागि पनि अलर्ट जारी गरेको छ।