चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को उपाधि जितेको छ । फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै उपाधि जितेको हो । योसँगै चेन्नईले पाँचौं पटक आइपिएलको उपाधि जितेको छ ।
जितको लागि १ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । जितको लागि अन्तिम २ बलमा १० रन चाहिँदा रविन्द्र जडेजाले छक्का र चौका हान्दै खेल जिताएका हुन् ।
वर्षाको कारण पाँच ओभर घटाइएको थियो ।