भारतलाई हराउँदै अष्ट्रेलिया विश्व च्याम्पियन

अष्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतमाथि सानदार जितका साथ उपाधि जितेको छ । २०२१ देखी सुरु भएको दोस्रो संस्करणको विश्व टेस्ट च्यापियनसिपको फाइनलमा अष्ट्रेलियाले भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो ।

अष्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा अलआउट हुदै २ सय ३४ रन मात्र बनाउन सक्यो । भारतका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । विराट कोहलीले सर्वाधिक ४९ र अजिन्का रहानेले ४४ रन बनाए ।

पहिले ब्याटिङ गरेको अष्टेलियाले स्टिभन स्मिथ र ट्राभिस हेडबीच २८५ रनको विशाल साझेदारीको मद्दतमा पहिलो इनिङमा चार सय ६९ रन बनाएको थियो ।

यससँगै अष्ट्रेलिया टी–२०, एकदिवसीय र टेष्ट विश्वकप जित्ने पहिलो राष्ट्र बनेको छ । भारत लगातार दोस्रोपटक टेस्ट च्याम्पियनसीपको फाइनलमा पराजित भएको हो । पहिलो संस्करणमा भारतलाई हराउँदै न्यूजिल्यान्ड विजेता बनेको थियो ।

सम्बन्धित समाचार