उत्तर कोरिया सीमा नजिक अमेरिकन पनडुब्बी तैनाथ

सिओल– अमेरिकाले उत्तर कोरिया सिमा नजिकै पनडुब्बी तैनाथ गरेको छ । उत्तर कोरियाले अमेरिका–दक्षिण कोरिया लक्षित युद्ध अभ्यास गरेपछि अमेरिकाले पनि जवाफमा पनडुब्बी तैनाथ गरेको हो ।

अन्तर्राष्ट्रिय  समाचार संस्थाहरूका अनुसार अमेरिकाले गत शुक्रबार देखी दक्षिण कोरियामा करिब १५० टोमाहक मिसाइल बोक्न सक्ने आणविक शक्तियुक्त पनडुब्बी तैनाथ गरेको छ ।

त्यसको एक दिन अघि, उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाको युद्ध अभ्यासको विरोधमा फेरि क्षेप्यास्त्र परीक्षण सुरु गरेको थियो । दक्षिण कोरियाली अधिकारीका अनुसार अब दुवै देशका नौसेनाले परिचालन क्षमता अभिवृद्धि गर्न अभ्यास गर्नेछन् ।

सम्बन्धित समाचार