नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन पुगेर धान रोपेका छन्। उनले चितवनको भरतपुर महानगरपालिका–२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फार्मले आयोजना गरेको रोपाइ कार्यक्रममा सहभागी भएर धान रोपेका हुन्।
अध्यक्ष ओलीले सुरुमा मेसिनबाट धान रोपे र पछि हातैले पनि रोपेका छन् । धान रोपाइँका लागि ओली बिहीबार दिउँसो नै चितवन आएका थिए । उनीसँगै चितवन गएकी उनकी पत्नी राधिका शाक्यले पनि धान रोपेकी छन्। ओलीले मेसिनबाट धान रोपेपछि केहीबेर किसानहरूसँग अन्तर्क्रिया पनि गरेका छन् । चितवन कृषिको व्यवसायीकरण र आधुनिकरण भएको ठाउँ भएको र देशब्यापी सन्देश पनि जाने भएकाले चितवन रोजिएको एमाले निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले जानकारी दिए ।