पाकिस्तान र आईएमएफबीच ३ अर्ब डलर बराबरको स्ट्यान्डबाइ सम्झौता

पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग ३ अर्ब डलर बराबरको नयाँ स्ट्यान्डबाइ सम्झौता गरेको छ । यससँगै पाकिस्तानमा जारी आर्थिक सङ्कटमा केही राहात हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय अर्थतन्त्रमा भुक्तानी सन्तुलनको सङ्कटबाट प्रभावित भएको पाकिस्तानमा महिनौंदेखि राजनीतिक अराजकता पनि उत्पन्न भएको छ ।

यस कारण विदेशी लगानी भित्रिने वातावरण पनि बिथोलिन सक्ने प्रक्षेपण गरिएको छ । हाल पाकिस्तानमा मुद्रास्फीति ह्वात्तै बढेको बताइएको छ । त्यसैगरी, मुद्रा अवमूल्यनको जोखिम पनि बढ्दो छ ।

आईएमएफका अधिकारी नाथन पोर्टरले भनेका छन्, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु, अन्तर्राष्ट्रिय मुद्रा कोषका टोलीले पाकिस्तानी अधिकारीहरूसँग एसडीआर २, २५० मिलियन (लगभग ३ बिलियन) को रकममा नौ महिनाको स्ट्यान्डबाइ व्यवस्थामा कर्मचारी स्तरको सम्झौतामा पुगेका छन् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार