साफ च्याम्पियनसिपको उपाधिका लागि आयोजक राष्ट्र भारतसँग कुवेत भिड्ने भएको छ ।
शनिबार राति बैंग्लोरको कान्तिरभा स्टेडियममा भएको दोस्रो सेमिफाइनल खेलमा लेवनानलाई टाइब्रेकरमा ४–२ ले हराउँदै भारतले कुवेतसँगको भेट पक्का गरेको हो ।
खेलको निर्धारित समय र थप गरिएको ३० मिनेटमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
टाइब्रेकरमा भारतका ४ खेलाडीले गोल गर्दा लेबनानका दुई खेलाडी गोल गर्नबाट चुके ।
साफमा सन् १९९५ पछि पहिलोपटक सेमिफाईनलको निर्णय टाइब्रेकरबाट लिइएको हो । त्यो समयमा बंगलादेशलाई ४–२ ले हराउँदै भारत फाइनल पुगेको थियो ।
त्यसअघि शनिबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई १–० गोल अन्तरले हराउँदै कुवेत फाइनलमा पुगेको थियो ।