अमेरिकामा एक पार्टीमा गोली चल्दा २ जनाको मृत्यु,२८ घाइते

अमेरिका एक पार्टीमा गोली चल्दा २ जना मारिएका छन् । घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

बाल्टिमोर प्रहरी विभागका कार्यवाहक आयुक्त रिचर्ड वर्लीले आइतबार शहरको दक्षिणी भागमा रहेको ब्रुकलिन होम्स नजिकैको ब्लक पार्टीमा गोली चलेको बताए।

अमेरिकामा जुलाई ४ को बिदा अघि देशभर जमघट भइरहेका बेला गोली हानाहानको घटना भएको हो । 

अमेरिकामा जुलाई ४ मा स्वतन्त्रता दिवस मनाइन्छ। अमेरिकाको कन्सास शहरमा पनि गोली चलेको जनाइएको छ । जसमा सात जना घाइते भएका छन् । 

सम्बन्धित समाचार