साउदीमा दाजु-बहिनीलाई मृत्युदण्डको सजाय, यस्तो छ उनीहरुको अपराध

साउदी अरब सरकारले मक्कामा दाजु–बहिनीलाई मृत्युदण्डको सजाय सुनाइएको बताएको छ । आफ्नै बुवा–आमा तथा दुई भाइको हत्यामा दोषी ठहरिएकाले उनीहरूलाई मृत्युदण्डको सजाय तोकिएको हो ।

अल अरेबियाको समाचारअनुसार अब्दुल्ला अजिज बिन फहेद बिन गजाया अल हरेथी र उनकी बहिनी ओहुदले सुरुमा आफ्नी आमा र दुई भाइको खानामा निद्रा लाग्ने चक्की मिसादिए ।

आमा र भाइ सुतेपछि उनीहरूले गोली हाने । भोलिपल्ट अर्का भाइलाई पनि उनीहरू गोली हानेर मारे । साउदी सरकारका अनुसार दुईजना मिलेर आमा र भाइको शवलाई एक ठाउँमा लगे र त्यहाँ आफ्ना बुवालाई पनि बोलाएर गोली हाने ।

यसपछि उनीहरूले घरमा आगो लगाए ताकि ग्यास लिक भएर घर जल्यो अनि उनीहरूको मृत्यु भयो भन्न सकियोस् ।

साउदी सरकारले सुरक्षा र स्थायित्व कायम गर्न आफू प्रतिबद्ध रहेको र यस्ता अपराध गर्नेलाई कारबाही गरिने बताएको छ ।

सम्बन्धित समाचार