संवैधानिक परिषद्को बैठक बोलाइयो, प्रधानन्यायाधीशको नाम सिफारिस हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्रीले मंगलबार बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।

मंगलबार अपराह्न ४ बजे बस्ने गरी डाकिएको बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा रहेको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट अवकाशमा जाने भएपछि रिक्त पदमा प्रधानन्यायाधीशमा सिफारिस गर्नका लागि बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीको अध्यक्षता रहने संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार