इङ्लिस च्यानलमा डुङ्गा पल्टिँदा ६ जनाको घटनास्थल मै मृत्यु भएको छ । समाचार अनुसार सो दुर्घटनामा परी अझै दुई जना अझै बेपत्ता छन् । सो दुर्घटनामा रहेका जिबितहरुका अनुसार डुंगामा ६५ जना आप्रवासी सवार थिए । बेलायतका गृहसचिव ब्रेभरम्यान र फ्रान्सेली प्रधानमन्त्री बोर्नले पीडितहरूप्रति समवेदना व्यक्त गरेका छन्।
मेयर फ्रान्क डर्सिनले एक्समा ट्वीट गर्दै दुर्घटनाको बारेमा जानकारी दिए। उनले ट्वीट गरे कि, ‘अर्को दुर्घटना कैलाइस/विसेंट तटमा भयो। दुर्घटनामा धेरै आप्रवासी डुबेका छन् । अङ्ग्रेजी च्यानलमा हुने दैनिक दुर्घटनाका कारण एकदिन हामीले च्यानल र भूमध्यसागरमा हुने मृत्युको तथ्यांक रेकर्ड गर्न बन्द गर्नुपर्ने छ ।’ मेयरले एउटा तस्बिर पनि सेयर गरेका छन, जसमा उद्धार टोलीले मानिसहरूलाई उद्धार गरिरहेको देखिन्छ।
विदेशी सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटनामा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेकाे छ भने जबकी दुई यात्रु अझै घाइते छन् । डुंगामा जम्मा ६५ देखि ६६ जना सवार रहेको दुर्घटना पीडितहरुले बताएका छन् ।
स्थानीय फ्रान्सेली अधिकारीहरूले २० भन्दा बढी व्यक्तिहरूलाई बेलायती अधिकारीहरूले डोभर लगेको बताएका छन् । विदेशी मिडियाका अनुसार अंग्रेजी च्यानल संसारको सबैभन्दा व्यस्त जलमार्ग मध्ये एक हो। ओभरलोड पानीजहाजका कारण खस्रो समुन्द्रमा मृत्यु हुनु सामान्य भएको छ । एक रिपोर्ट अनुसार सन् २०१८ यता १ लाख आप्रवासीले सो च्यानल पार गरिसकेका छन् । यसबाहेक सन् २०२३ मा हालसम्म १६ हजार व्यक्ति संलग्न भएका छन् ।
मार्चमा बेलायतले पेरिसमा प्रत्येक वर्ष सयौं मिलियन युरो पठाउन सहमत भएको थियो। फ्रान्सेली अधिकारीहरूले त्यसपछि च्यानलमा गस्ती बढाएका छन्। यसका साथै दुर्घटना हुन नदिनका लागि अन्य उपायहरु पनि गरिरहेका छन् ।
एक रिपोर्ट अनुसार सन् २०१८ यता १ लाख आप्रवासीले सो च्यानल पार गरिसकेका छन् । यसबाहेक सन् २०२३ मा हालसम्म १६ हजार व्यक्ति संलग्न भएका छन् ।